०८४ मा एक्लै चुनाव लड्ने गरि पार्टी निर्माणमा जुट्छौ: प्रचण्ड

1.9k Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने दाबी गरे ।

 २०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको दाबी गर्दै प्रचण्डले भने, ‘हामी आउने दिनमा गम्भीर ढंगले यो पार्टीलाई फेरि गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित ०८४ लाई टोर्गेट गरेर एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ हाम्रो छलफल चलिरहेको छ ।' 

आफूले सरकार छोड्दा विजेताको रुपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरु हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गरेका प्रचण्डले आफूहरु जनता र मुद्दासँग जोडिएको जिकिर गरे । यस्तै, सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरु एक भएको उनको आरोप छ । 

सम्बन्धित समाचार