कांग्रेस महामन्त्री शर्माले भनेः प्रधानमन्त्री ओलीविरुद्ध खरो टिप्पणी गरिन्छ

1.5k Shares

काठमाडाैं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारका कामलाई निरन्तर साथ दिने र कमजोरी भेटिए खरो टिप्पणी गर्ने चेतावनी दिए । 

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । भने वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए । 

महामन्त्री शर्माले गिरिबन्धु टि स्टेटको जग्गा र नक्कली शरणार्थी प्रकरणबारे समेत अनुसन्धान हुनुपर्नेमा जोड दिए । 

सम्बन्धित समाचार