नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता: पौडेल

434 Shares

बांके राँझा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित इनडोर भवन र एमआरआइ सेवाको उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यान दृष्टि नागरिकलाई सहज रूपमा सेवा सुविधा दिने रहेको बताए । अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भने, ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो । 

अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ । यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’

‘सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो । त्यसका लागि व्यवस्थित तरिकाले काम गर्न जरुरी छ ।’ मन्त्री पौडेलले भने, ‘गरिरहेको काममा अलि बढी योगदान गर्नुपर्ने अवस्था छ ।

अतिरिक्त समयमा काम गरेर भए पनि नागरिकलाई सेवा दिऔँ, त्यसबापतको गर्नुपर्ने सहयोग मन्त्रालयले गर्नेछ ।’ भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रूपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए ।

सम्बन्धित समाचार