२७ श्रावन, काठमाण्डौं । ने.क.पा. (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जनयुद्धबाट शान्तिमा आएको माओवादी क्रमश लक्ष्यविहीन एजेण्डाविहीन बन्दै विस्तारै सामाज रूपान्तरणको मुद्दाबाट निजी स्वार्थ केन्द्रीत सुविधामुखी बन्दै गएको यस्ता विषयले नेता कार्यकर्ता बीचमा नै दुइ बर्ग जस्तो अन्तर देखिदै गएको प्रस्तावमा उल्लेख गरेका छन् ।
नेता शर्माले आफ्नो बिरुद्ध विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाउन भन्दा डर मान्नुपर्ने स्थिति बनेको, धक मान्नुपर्ने,लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो । भनेर उल्लेख गरेका छन् ।
यस्तै वामपन्थी एवम प्रगतिशील शक्ति बिच अन्तर्क्रिया, एकता र ध्रुवीकरण गर्ने, महिला, दलित, जनजाति, भाषिक, सांस्कृतिक, अल्पसङ्ख्यक समूहको सहभागिता एवं समानुपातिक नेतृत्व विकास गर्ने, थप बौद्धिक वर्गलाई पार्टीमा समेट्ने, युवा जनशक्तिमा राजनीतिक वितृष्णा हटाई राजनीतिमा सक्रिय गराउने र राजनीतिक अग्राधिकार दिने शर्माको प्रस्ताव छ ।
पदाधिकारी र स्थायी समिति सदस्यलाई करिब २० मिनेटको समय दिइएको बैठकमा उनले मौखिक रूमपा मत राख्ने क्रममा समय अभाव भएपछि लिखित रूपमा आफ्नो प्रस्ताव पेश गरेका हुन् । नेता शर्माले पार्टीलाइ जनपक्षीय बनाउन माओवादी पूर्णरूपमा रूपान्तरित हुनुपर्ने मत राखेको एक स्थायी कमिटी सदस्यले बताए ।
शान्तिप्रक्रियामा आएपछि पार्टीका दुई कार्यभार रहेको शर्माले लेखेका छन् । पहिलो कार्यभार संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र दोस्रो जनतन्त्र, राष्ट्रियता र जनजीविकाको मूल नारा कार्यान्वयन गर्नु रहेको शर्माको प्रस्तावमा उल्लेख छ ।
साउन २५ देखि शुरू भएको स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन् ।