1.5k
Shares
ने.क.पा. (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक तेस्रो दिन पनि पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठक सुरु भएको हो । यसपटकको बैठकलाई माओवादी बृत्तमा अति महत्वका साथ हेरिएको छ ।
केहि महिना अघि सम्पन्न विधान सम्मेलनपछि संचालित बैठक आगामी कार्ययोजनाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको माओवादी नेताहरू बताउछन् ।
शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।
सरकारबाट बाहिरिएसँगै पार्टी निर्माणमा लाग्ने उद्घोष गरेको माओवादी केन्द्र पदाधिकारी बैठक लगतै स्थायी समिति बैठक बसिरहेको छ ।