1.6k
Shares
काठमाण्डौं– सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा पनि ११ वटा विभिन्न प्रस्तावमाथि नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।
गत बुधबार सुरु भएको बैठकमा पेश भएका ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
बैठकले गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने तयारी छ । सबै नेताहरुको धारणा सुनिसकेपछि पार्टी नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।