सहकारी प्रकरणमा मुछिएका ठगहरूलाई अनुसन्धानमा ल्याउनुपर्छ: गगन थापा

3.7k Shares

श्रावन २९, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले भ्रष्टाचार र अनियमितताका प्रकरणलाई अहिलेको सरकारले टुंगोमा पुर्‍याउनै पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा दुई ठूला राजनितिक दल मिलेर बनेको यो सरकारले भ्रष्टाचार मुद्दाबाट भाग्न नपाउने बताएका हुन् ।

गिरिबन्धु टी-स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी प्रकरणलाई यो सरकारले कुनै पनि हालतमा टुंगोमा पुर्‍याउनैपर्छ । भ्रष्टाचारका काण्ड लुकाउन दुई दल मिलेका हुन भन्ने आरोपलाई चिर्नुपर्छ ।

उनले भने हामी भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउनुपर्छ भन्ने कुरामा प्रष्ट छौँ । हाम्रा कामबाट हामीले परिणाम देखाउनुपर्छ अब धेरै बोलेर हुँदैन ।

महामन्त्री थापाले सहकारी प्रकरणमा मुछिएका ठगहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । सरकारले म को हुँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ उनले भने ‘सत्तामा हुँदा एउटा अनि सत्ताबाहिर हुँदा अर्को कुरा गर्नु ठीक होइन । भ्रष्टाचारकाण्डमा सरकार कठोर हुनुपर्छ।

सम्बन्धित समाचार