२९ श्रावन, काठमाण्डौँ । ने.क.पा. (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, पार्टीको केन्द्रीय निकायका प्रमुखहरूले २० मिनेटको समय अबधिमा आ–आफ्ना धारणा राखेका छन् ।
आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलसहित १४ जना नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।
जारी स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । उठेका प्रश्नको जवाफ दिएपछि बैठक बिहीबार सकिनेछ । स्थायी समितिका नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने सचिव गणेश साहले जानकारी दिए ।