काठमाण्डौं । सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विधेयक प्रतिनिधिसभामा टेबल भएको छ।
संघीय संसद्मा छलफलका लागि कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन २०८१ टेबल गरेकी हुन् ।
संघीय संसदमा विधेयक पेश गर्दै सभापति सुवेदीले विधेयकलाई पिडितमैत्री बनाउन र निष्पक्ष न्याय दिने अवस्था सिर्जना गर्न लामो छलफल भएका कारण ढलाइ भएको बताइन् । द्वन्द्वकालीन समयमा भएका विभिन्न घटनाको सत्यतथ्य रुपमा खोजी हुने, पिडितहरुले सहयोग सहितको परिपूरण पाउने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरिन् ।
शीर्ष दलको कार्यदलले विवादीत बिषयमा सहमति गरेपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत पारित गरेको थियो ।
दलहरूले संसद्बाट पास गर्ने गरी टीआरसीमा सहमति जुटाएका थिए । त्यही अनुसार यो विधेयक प्रतिनिधिसभामा टेबल भएको हो ।
संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई मंगलबारको बैठकमा पेस साउन २५ मा पत्राचार गरेको थियो ।