श्रावण ३०, काठमाण्डौं । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए ।
नेपालले संसारलाई सन्देश दिने गरी द्वन्द्व व्यवस्थापन गरेको पनि बताए । नेपालले शान्ति प्रक्रियालाई दिगो रुपमा टिकाउन विश्वले नेपालबाट सिक्नुपर्ने पनि बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई कुनै करकापमा नपर्ने गरी न्यायिक निरुपणको उपाय खोजिएको जनाए ।प्रधानमन्त्री ओलीले अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै अघि बढाउने जानकारी दिए ।