जनयुद्ध शब्द प्रयोग गर्न किन हिच्किचाहत: प्रचण्ड

2.1k Shares

श्रावण ३०, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संघीय संसदको बैठकलाई संवोधन गर्दै ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ किन ?’ माओवादीले ल्याएको परिवर्तन स्वीकार गर्ने तर जनयुद्ध भएको कुरा अस्वीकार गर्ने राम्रो होइन्,  प्रचण्डले भने ।

संविधानसभाबाट बनेको संविधानको अनुसूचीमै जनयुद्ध शब्द लेखिएको स्मरण गराउदै नेताहरूको ध्यानाकर्षण गराए । ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिराखेका छौँ, त्यो सम्भव हुने थिएन’, प्रचण्डको भनाइ छ ।

 

सम्बन्धित समाचार