महत्वकासाथ हेरिएको माओवादी स्थायी समिति बैठक बस्दै

2k Shares

३१ श्रावन, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १ बजेदेखि सुरु हुनेछ ।

आजको बैठकमा स्थायी समिति सदस्यहरू र पदाधिकारीहरूले राखेका धारणा र विभिन्न विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यक्रम रहेको छ । विशेषगरि पार्टी उपमहासचीव जनार्दन शर्मा प्रभाकरले स्थायी समिति बैठकमा प्रस्तुत लिखित सवालबारे अध्यक्ष प्रचण्डले बैठकमा जबाफ दिनेछन् ।

एक स्थायी समिति सदस्यका अनुसार पार्टीलाई जीवन्त बनाउन यो बैठक महत्वपूर्ण रहेकोले सबैको ध्यान केन्द्रीत भएको बताए ।

उनी भन्छन 'शान्ति प्रकिया टुंगो लगाएर खुसी देखिएको माओवादीले आम शुभचिन्तक समर्थकलाई सिङ्गो पार्टी एकढिक्का भएको सन्देश दिन सक्ला ? यसपटकको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।' ति नेताका अनुसार स्थायी समितिको बैठक आजै सकिनेछ ।

सम्बन्धित समाचार