माओवादी स्थायी समिती बैठक सम्पन्न, असोज पहिलो हप्ता केन्द्रीय समिती पूर्णबैठक बस्ने

1.7k Shares

श्रावन ३१, काठमाण्डौँ । ने.क.पा. (माओवादी केन्द्र) ले प्रदेशस्तरमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

एक नेताका अनुसार प्रादेशिक रूपमा केन्द्रीय समितिको बैठक बस्नेछ उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्ड लगायत पदाधिकारी जानेछन् ।

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ ।

यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवसमोर्चाको २७ र २८ गते बैठक बस्नेछ । यी प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताए ।

छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने जानकारी उनले दिए । ‘स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सबै प्रदेशमा अध्यक्षदेखि उपमहासचिवसम्म नेताहरू जानुहुन्छ । त्यहाँ स्थायी समितिले गरेको निर्णय राख्नेछौँ ।

प्रदेश स्तरमा बस्ने बैठकको सुझाव अनुसार छिट्टै केन्द्रीय समितिको पूर्ण बैठक असोज पहिलो हप्ता बोलाइने माओवादी स्रोतले बताएको छ ।

सम्बन्धित समाचार