युवा परिषदले निकाल्यो पहिलोपटक औपचारिक रूपमा "युवा गीत"

1k Shares
https://www.youtube.com/watch?v=pSxYC__v6e0

३१ श्रावन,काठमाण्डौं । युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको परिकल्पनामा देशभक्तिपूर्ण युवा गीत सार्वजनिक भएको छ । 

राजा राजेन्द्र पोख्रेल परियोजना प्रबन्धक रहेको उक्त गीतमा शब्द धिरजनाथ योगीले लेखेका छन् भने म्युजिक राजा राजेन्द्र पोख्रेलले गरेका छन् । एरेन्जर टंक बुढाथोकीले गरेका छन् ।

गीतमा स्वर रचना रिमाल, रबि ओड, टिका प्रसाईं, विश्व नेपाली र राजा राजेन्द्र पोख्रेलले दिएका छन् ।

युवा परिषदद्वारा पहिलोपटक निकालिएको गीतमा कलाकारको भुमिकामा गायक गायिकाहरूको साथै युवा राजनितीकर्मी, युवा परिषदका पदाधिकारी, कर्मचारी लगायतको भुमिका रहेको छ ।

 

गीतमा स्वर रचना रिमाल, रबि ओड, टिका प्रसाइँ,विश्व नेपाली र राजा राजेन्द्र पोख्रेलको रहेको छ । 

हिम्मत गर, साहस गर, अबेर भो अब होस गर !     
यी पौरखी पाखुराको नशा - नशामा जोस भर !!   
युवा नै त्यस्तो शक्ति हो जुन जुटेर अघि बढ्दछन्।
एक दुई पटक लडे पनि उठेर अघि बढ्दछन् ।।
आखिर …………!
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।
फेर्छन् पुरानो काचुली नयाँ स्वरुप सजाउँछन् ।
युवाहरुको देश हो यो युवाले नै बनाउँछन् ।।


देश भित्रै रहे पनि , विदेशमा नै भए पनि ,
जाति , भाषा र संस्कृति जुन भेषमा भए पनि,
उद्यम गर ! इलम गर ! लक्ष्य चुम्ने अठोट गर । यो देश सम्बृद्ध पार्न लाई युवाहरु अघि सर ।।
आखिर …… ! 
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।
फेर्छन् पुरानो काचुली नयाँ स्वरुप सजाउँछन् ।
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।।

एकतामा बल गरौं, विकासको पहल गरौं ।
कृषि, उद्योग, प्रविधि हर क्षेत्रमा सफल बनौं ।।
उर्वर भूमि, ऊर्जा शक्ति, श्रम र सीपमा जोड गरौँ ।
सयौँ थरी फूलहरुमा सृजनाको रङ्ग भरौँ ।
आखिर ……! 
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।
फेर्छन् पुरानो काचुली नयाँ स्वरुप सजाउँछन् ।
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।।

सम्बन्धित समाचार