पार्टी नेतृत्वलाइ सहयोग होस भनि लिखित प्रस्ताव ल्याएको हुँ: जनार्दन शर्मा

2.4k Shares

काठमाण्डौं । नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पदाधिकारी स्थायी समिति बैठकमा आफुले लिखित र मौखिक रूपमा जे जति प्रश्न उठाए पनि आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलियो बनाइ पार्टीलाइ बलियो र जनअपेक्षित बनाउन लागेको बताएका छन् ।

बैठकको अन्तिम दिन बिहीबार पेरिसडाँडामा बोल्दै उनले अहिले प्रचण्डलाई नै सुदृढ बनाउने पक्षमा आफू रहेको बताउदै समस्याहरू नभएका होइनन् तर अहिले एकताबद्ध भएर जनताबीच जाने र सुदृढ संगठन बनाउने दायित्वमा सिंङ्गो पार्टी लाग्ने नेता शर्माले बताएका छन् ।

स्थायी समिति बैठकमा शर्माले राखेको लिखित प्रस्तावले राजनीतिक तरंग ल्याइरहेका बेला प्रचण्ड पनि केहि दबाबमा परेका थिए । उनले पार्टीलाई सदृढ बनाउन अध्यक्ष प्रचण्ड संरक्षक र अहिलेका पदाधिकारी सबै सल्लाहकार भएर सांगठनिक नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सपाकोटाका अनुसार अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्माले उठाएका राजनीतिक वैचारिक एवं संगठनात्मक सवाल दस्तावेजमा समेटेर जान तयार रहेको बताएका छन् । माओवादीले सबै प्रदेशहरूमा बैठक बस्ने र पूर्ण केन्द्रीय समतिको बैठक असोज पहिलो साता बस्ने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार