1.5k
Shares
भाद्र १, काठमाण्डौं । सत्तारुढ गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले बताएका हुन् ।
कांग्रेस सभापति देउवासँगको भेटबारे जानकारी दिँदै ओलीले भनेका छन्, आज नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो ।
केही जानकारी आदानप्रदान केही राजनीतिक विमर्श भए ।’ उनले सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा देउवासँग कुरा गरेको बताए ।