परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच भेटवार्ता हुने

2k Shares

भाद्र २, काठमाण्डौं । परराष्ट्र मन्त्री आरजु राणा आइतबार भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री राणा आइतबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

परराष्ट्र मन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा द्विपक्षीय वार्ता हुनेछ । मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतले विदाइ गरेका छन् ।

परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचमा सोमवार भेटवार्ता हुने भएको छ । भारतीय प्रधनमन्त्रीसँग सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ । 

मन्त्री राणाको भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार