जनताको भावना विपरीत सरकार अघि बढे विद्रोह: उपमहासचिव वर्षमान पुन

2k Shares

भदौ २, प्यूठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् ।

पार्टीसम्वद्ध (अखिल क्रान्तकारी) प्यूठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले सुरुआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनविरुद्ध कठोर कदम चालेपछि आत्तिएकाहरूले रातारात सरकार ढालेको बताउदै आफूहरूलाई सरकारमा जान कुनै हतारो नरहेको बताउँदै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावना विपरीत सरकार अघि बढे विद्रोह गर्ने चेतावनी दिए ।

उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशीता र फराकिलो लोकतान्त्रिक अभ्यासबिना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वसका अरु देशहरूका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औंल्याए ।

सम्बन्धित समाचार