हैदरावादमा भारतीय प्रधानमन्त्री मोदी र राणाबीच ७:३० बजे भेटवार्ता हुने

352 Shares

भाद्र ३, काठमाण्डौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार दिउँसो त्यहाँस्थित समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी छन् । सोमबार दिउँसो दुईजना नेताबीच नयाँ दिल्लीमा वार्ता भएको हो ।

समकक्षी एस. जयशंकरसँगको भेटपछि राणाले जयंशकरसँग दुई देशबीचका बहुआयामिक सम्बन्ध, नेपाल-भारत सम्बन्धका विविध पाटा, एकअर्काबीचको सहकार्य र तिनका सम्भावनाबारे कुरा भएको जानकारी दिएकी छन् ।

राणाले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई अझे बलियो बनाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने पनि अपेक्षा राखेकी छन् ।

आज नै साढे ७ बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने तालिका छ ।

परराष्ट्रमन्त्री राणा कांग्रेस एमाले सम्मिलित गठबन्धन सरकार बनेयता पहिलो पटक भारत भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणको टुंगो लगाउने बताइएको छ ।

सम्बन्धित समाचार