3.4k
Shares
भाद्र ३, काठमाण्डौँ । समाजवादी मोर्चाको समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन सचिवालय बैठक बसेको छ ।
ललितपुरस्थित एकान्तकुनामा बैठक बसिरहेको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।
यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजना सम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूर्णता दिने प्रकाण्ड सीले बताए ।
यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक प्रकाण्ड सी बिरामी भएकाले स्थगित गरिएको थियो ।