भाद्र ५, काठमाण्डौं । संघीय सरकारको शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।
केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सुरक्षाको माग गरेकी हुन् ।
मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको समेत बताएकी छिन् । सरकारको मन्त्रीले नै संजालबाट सुरक्षा माग गरेपछि सरकार कसले कसरी केका लागि चलाइ रहेको छ भन्ने अनुमान गर्न सकिन्छ ।
उनले लेखेकी छिन् ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’