1.9k
Shares
भदौ ५, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जान आफ्नो पार्टीले हतार नगर्ने बताएका छन् ।
बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए ।
बैठकमा सहभागी भएका एक केन्द्रीय सदय ले भने हामी सरकारमा जाने हतार गर्दैनौं सरकार नै हामीसँग आउनुपर्छ भन्ने अध्यक्षको धारणा थियो । सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने ‘करिब १८ महिनाको तेस्रो कार्यकालमा जनताको बीचमा राम्रै छाप परेको छ ।’