भाद्र ६, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएर आएपनि गुनासो नरोकिएको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता सिटौलाले द्वन्द्वपीडित र माओवादी पक्षकै केही व्यक्तिहरू विधेयकप्रति असन्तुष्ट रहेको बताए । उनले ढिलो गरेर भएपनि राजनीतिक दलहरूको बिचमा विश्वासको समझदारी बनेकाले संसदबाट पारित गरी कार्यान्वयनमा लैजानुपर्ने बताए ।
सांसद सिटौलाले गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरी मेरो र तेरो नभनीकन न्याय दिनसक्ने क्षमताको आयोगहरू निर्माण गर्नुपर्ने बताए ।
यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउने बताए । उनले भने एकपटक फेरि नेपाली राजनीतिक दलहरूको बिचमा वृहत् समझदारी र एकताको आवस्यक्ता देखिएकोबताए ।