भाद्र ६, काठमाण्डौं । समाजवादी युवा संघका केन्द्रीय सचीब श्री सुब्बा ने.क.पा. (माओवादी केन्द्र) मा प्रबेश गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान आफ्नै निवास खुमलटारमा सुब्बा लगायतलाई स्वागत गरेका थिए ।
सुब्बाले पार्टी प्रबेश गर्दै भने पहिचान बोकेको र यो देशको व्यवस्था निर्माणको नेतृत्व गरेको माओवादी पार्टीमा समाहित हुन पाउनु गर्ब लागेको बताए ।
अध्यक्ष प्रचण्डले युवाहरूको ठुलो पंक्ति पार्टीमा आउनुले माओवादी विचार नेतृत्वप्रति आम नागरिकको बिश्वास रहेको बताए । उनले भने तपाइहरूलाई स्वागत छ राम्रोसँग आफ्नो भुगोलमा जिम्मेवारी पुरा गर्नुहोला ।
प्रबेश कार्यक्रमको संयोजन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले गरेको वाइसिएल नेपालका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सहसंयोजक बिक्रम शंकरले लुम्बिनी भ्वाइसलाई बताए ।