काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादी नेताहरुलाई आफूलाई धम्की नदिन चेतावनी दिएका छन् । माओवादीको धम्कीले आफ्नो इमान नडगमगाउने उनको भनाई छ ।सामाजिक सञ्जाल फेशबुकमार्फत उनले माओवादीलाई दर्जन आरोप लगाएका छन् ।हत्या गर्ने, अपहरण गर्ने सुतीरहेका पुलिस र सेनामाथि बम हान्ने ,जनताको संपत्ति लुटने बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने ,रक्तचंदनको तस्करी गर्ने ,गिटी बालुवाको तस्करी गर्ने तिमिहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु ।
तिम्रा धम्की र फरेबले मेरो ईमान डगमगाउने छैन।कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन। चेतना भय !
