नेतृत्वको चाकडी गर्ने अधिकार छ तर जनयुद्धलाई अपमान गर्न पाइँदैन : माधव सापकोटा

1.7k Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने छुट कसैलाई नभएको बताएका छन् । 

उनले भने, धेरै माननीयहरुले हिंसा संसदीय शब्द हो भनेको पनि सुनियो । सवाल शब्दसँग होइन । सवाल कुन नियतका साथ गरियो त्यो हेरिनुपर्छ, माननीय योगेश भट्टराईले जनयुद्ध र आन्दोलनलाई अपमान र खिसीटिउरी गर्ने उद्देश्यका साथ ल्याउनुभयो । हामीले त्यसको प्रतिवाद गरेको हो, आन्दोलनलाई अवमुल्यन गर्ने अधिकार कसैलाइ छैन ।

उनले जनयुद्धबारे पार्टीको भेला प्रशिक्षण सबैतिर विरोध गर्न स्वतन्त्रता भएपनि सदनमा नमिल्ने उनको तर्क छ ।

सम्बन्धित समाचार