गौरा पर्वमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका युवा धरौटीमा छुटे

2k Shares

भदौ १४, काठमाण्डौं । काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटेका छन् ।

ओली र देउवाविरुद्ध नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहार सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा लगेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

प्रहरीले उक्त प्रकरणमा सुदूरपश्चिमको पर्व मनाउन आयोजित कार्यक्रम बिथोल्न खोजेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैशी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियो ।

टुँडिखेलको गौरा पर्व कार्यक्रममा प्रमुख अतिथि ओली र विशिष्ट अतिथि देउवाविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई चोरको संज्ञा दिँदै देश छोड्न पनि चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार