मंकीपक्सले कोभिडकै रुप लिने चेतावनी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

202 Shares

काठमाडौं – मंकीपक्स (एमपक्स) संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेसँगै विश्वभर यसको त्रास फैलिएको छ। छिमेकी देशमा संक्रमित देखिएकाले नेपालमा पनि यसको जोखिमलाई लिएर चासो बढेको छ। गतवर्ष नेपालमा एकजना विदेशी महिलामा एमपक्स देखिएकाले यसवर्ष विशेष सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गरेको छ।

सन् २०२४ को जनवरीदेखि २० अगस्टसम्म ३४ देशमा एमपक्स फैलिएको  र यस अवधिमा १५ हजार ६०० जना संक्रमित भएका छन्। यस्तै पाँच सय ३७ जनाको मृत्यु भएको डब्लूएचओको तथ्यांक छ । समयमा सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना नगरे कोभिडकै जस्तो स्थिति बन्ने उनले चेतावनी दिएका छन्। 

सम्बन्धित समाचार