माधव र घनश्याममाथि प्रश्न

1.5k Shares

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झण्डै तीन वर्षपछि  महाधिवेशन गर्‍यो ।

नेतृत्व चयनका सवालमा मुल नेतृत्वले अविवेकी व्यवहार गर्नुका साथै अनुहार र गन्ध हेरेर काखापाखा गर्दा पार्टीको समग्र अस्तित्वमाथि नै प्रश्न उठ्न पुगेको असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ । महाधिवेशनको डेढ महिनापछि भदौ दोस्रो साता पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पार्टीका नेता कार्यकर्ताहरूमा चर्को असन्तुष्टि पैदा भएको छ ।

जसका कारण नेताहरू पार्टी नै छाड्ने अवस्थामा पुगेका छन् । अहिले नै कतिपय केन्द्रीय तहका नेता र सिंगै जिल्ला कमिटीहरू एमालेमा विलिन भैसकेका छन् भने कतिपय प्रक्रियामा छन् । अझ सांसदहरू त सबैजसो निष्क्रिय भइसकेका छन् ।

सम्बन्धित समाचार