संसद भवन अगाडि प्रदर्शन, ७ जना प्रहरीको नियन्त्रणमा

2.5k Shares

असोज ३,काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि  धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले प्रदर्शन गरेका छन्।  प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 
उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। 

सम्बन्धित समाचार