समर क्याम्प फोर सोसियलिष्ट युथ २०२४ को दोस्रो दिन
- असोज ४,काठमाण्डौ । इन्टरनेश्नल लिग अफ सोसियलिष्ट युथ, इल्सिले संन्चालन गरेको समर स्कूलकोआज दोस्रो दिन विभिन्न विषयमा अन्तरक्रिया गर्दै सम्पन्न गरेको छ । गुगल फर्ममार्फत आवेदन कल गरिएको कार्यक्रममा राजनिति, विज्ञान प्रविधि, दर्शन,अर्थशास्त्र,भुराजनिति, जलवायु संकट, कृषि, कृतिम वौद्धिकता, पर्यटन, संस्कुति,अन्तराष्टियतावाद, वर्ग संघर्ष, क्रान्ति र समसामयिक विश्वको विश्लेषण लगायतका विषयमा सम्वन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुति सहित सहभागिहरुमाझ अन्तरक्रिया
गर्दै नया सिकाइ प्रद्धति अनुसार सत्र अगाडी वढाउदै छन् दोस्रो दिनको सत्रका प्रमुख वक्ता पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)कावरिष्ट उपाध्यक्षले मानवजातिको समुन्नत समाज निर्माणको लागि युवाहरु समाजवादी चेत सहित संघर्षमा अग्रसर हुनुपर्ने वताउनु भएको छ ।
५वटा कक्षा संचालन भएको कार्यक्रममा नेपाल चिन सम्वनधका जानकार डा. लिला न्याइच्याइ, शिक्षाविद डा. चन्द्रकान्त लुइटेल, मोटिभेटर डा. नर वहादुर कार्कीलेसम्वन्धित विषयमा प्रस्तुति गर्नुभयो भने इल्सीका सेक्रेटरी माधव पन्तले संगठनको स्थापना, अन्तराष्ट्रिय समाजवादी आन्दोलनमा यसको ऐक्यवद्धता र अन्तराष्टियतावादको विषयमा छोटो प्रस्तुति राखेका थिए । आजको सत्रको मोडरेसन इल्सीका सदस्यद्धय नरेन्द्र सी र नवराज ऐरले गरेका थिए । कार्यक्रम भोलिसम्म चल्नेछ ।