काठमाडौँ । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी) लाई सडकको बाघ भएर निस्कन निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन(क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित राष्ट्रिय सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रित रहेर सम्मेलन चार दिनसम्म चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।
प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिमाथि प्रहार गरिराखेका छन् । त्यसमा विदेशी शक्तिहरूले चलखेल गरिरहेका छन् ।

सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमा छ’ विद्यार्थीलाई निर्देशन दिँदै उनले भने, ‘यो जटिल परिस्थितिको सामना गर्न तपाईँहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ । तपाईँ सडकको बाघ हुनुहोस् र म संसदमा सिंह भएर निस्किएको छु । तपाईँको साथ भएमा हामी जित्छौँ ।’