असोज १४,काठमाडौँ ।उमेर हदलाई लिएर नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) मा अध्यक्षका आकांक्षी उपाध्यक्षहरुमा तनाब देखिएको छ।
काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा सोमबार उमेर हदका विषयमा विवाद देखिएको हो।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ।२८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो।विवाद सिर्जना भए पछि सम्मेलनमा आएका प्रतिनिधिले कुर्सी फालाफाल पनि गरेका छन्।
उमेर हद लागू गरेमा अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एक जना महासचिव कोही पनि उम्मेदवार हुन पाउँदैनन्।