प्रतिपक्षी दलहरुको बैठक बस्दै

1.2k Shares

कार्तिक०२,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । 

प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ ।45dabfc1-b692-4233-801c-2aec382a2a56.jpegf57c17f9-e52b-4589-a062-c95ed0c8abc3.jpeg4061b52f-a711-4c27-aab1-c991532d9e74.jpeg

सम्बन्धित समाचार