रास्वपाका कार्यकर्ताले पोखरा चोकमा प्रदर्शन

1.2k Shares

कार्तिक ०३,कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

पुर्ब गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । लामिछाने लाई शनिबार बिहान पोखरा ल्याइएको हो । रविलाई आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गरेको हुन्  ।

सम्बन्धित समाचार