काठमाडौँ, कात्तिक १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधीको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताए ।
बुधबार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै यस्तो बताएका हुन । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधी बिक्री गर्दै आएको भए पनि ९० प्रतिशत आयुर्वेदिक औषधी भने बाहिरबाट आयात गर्नुपरेको जानकारी दिए । वैद्यखानाले माग पूरा गर्नसके बाहिरी मुलुकबाट आयात हुने औषधी बन्द गर्ने बताए ।
मन्त्री पौडेलले औषधीको उत्पादन बढाए बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाए । । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको पनि बताए ।
उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि जानकारी दिए ।
उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्नुहुँदै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको भनाइ राखे । मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधीको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताए ।
स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने सङ्कल्प गर्न आग्रह गरे । उनले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताए ।