प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू तथा पूर्व परराष्ट्रमन्त्रीहरु सँग छलफल

2k Shares

मङ्सिर १०,काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गर्नुभएको छ ।

यही मङ्सिर १७ गते सोमबार प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने कार्यक्रम छ ।छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी हुनुहुन्छ ।462558834_8044995522268995_6633235725562535244_n.jpg

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नगर्ने जानकारी गराएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए । ‘प्रधानमन्त्रीले यसपालीको चीन भ्रमणमा म लोन सम्झौता गर्दिनँ भन्ने खालको कुरा गर्नुभयो,’– पूर्वप्रधानमन्त्री खनालले भने ।Jhalanath-Khanal-2-1536x1024.jpeg

साथै पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत छलफलमा उपस्थित हुनुहुन्छ । यसैगरी, छलफलमा परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि सहभागी हुनुहुन्छ ।

सम्बन्धित समाचार