प्रधानमन्त्री ओली निम्तो मागेर चीन भ्रमणमा जान लाग्नुभएको हो ;लेखनाथ दाहाल

1.8k Shares

मंसिर १२ ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ता मागेर चीन भ्रमणमा जान लागेको टिप्पणी गरेका छन् ।  उनले भारत भ्रमणको निम्तोका लागि प्रयत्न गर्दागर्दै असफल भएपछि ओली निम्ता मागेर नै चीन जान लागेको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई ‘लादिएको भ्रमण’ को संज्ञा दिएका छन ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण पूर्ण रुपमा असफल रहने उनको दाबी छ । नेता दाहालले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा घुम्ने र १०/२० करोड खर्च हुनेबाहेक अर्को प्रगति नहुने टिप्पणी गरे । ‘ओलीजी घुमेर आउनुहुन्छ । घुमेर आउनेबाहेक केही प्रगति हुँदैन । हाम्रो १०/२० करोड खर्च हुन्छ, त्यत्ति हो,’– नेता दाहालले भने ।

नेता दाहालले प्रधानमन्त्री ओलीको चीन भ्रमण जानुअघि नै असफल भइसकेको दाबी गरे । ‘भ्रमणमा जानुभन्दा अगाडि नै राजदूतावास, परराष्ट्र मन्त्रालयबाट डेलिगेसन आउने, एजेण्डा आउने, हाम्रो तर्फबाट जाने, एउटा सहमति हुने, एजेण्डा फाइनल गर्ने हाम्रो त यही हो नि चलन । यो पटक चिनियाँ राजदूतावाससँग सम्बन्वय छैन । पराष्ट्र मन्त्रालयसँग सम्बन्ध छैन । एजेण्डा क्लियर छैन । यो भ्रमण जानुअघि नै असफल भइसक्यो।

सम्बन्धित समाचार