गगनप्रति मलाई दया लागेको छः प्रचण्ड

1.7k Shares

मङ्सिर १५, काठमाडौँ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलेप्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई कहिले पनि खबर नपठाएको बताएका छन् । आज प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रचण्डले आफूले कांग्रेसलाई कहिले पनि खबर नपठाएको र पठाउँदा पनि नपठाउने बताएका हुन।
माओवादीलाई अहिले सत्ता बाहिर रहँदा नै राम्रो भइरहेको उनले बताए । आफूले कांग्रेस–एमालेलाई ०८४ सम्मै सरकार चलाउनुस् भनिरहेको पनि प्रचण्डले बताए । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले कांग्रेसलाई हप्तामा एक पटक खबर पठाउने गरेको दाबी गरेका थिए ।

कांग्रेस महामन्त्री शर्माको दाबीप्रति सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रचण्डले भने, ‘उहाँले यति तल झरेर हुँदै नभएको कुरा जनताको अगाडि बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल, कति छिटो झर्न सकेको हो? त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो यति अनैतिक र झुटो कुरा गर्न सक्ने हुनु भएको देख्दा मलाई उहाँप्रति साँच्चै नै दया लागेको छ ।’

सम्बन्धित समाचार