मंसिर २७,काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ ।
आजको बैठकले सक्रिय राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिनेबारे निर्णय गर्नेछ ।
उपराष्ट्रपति हुनुअघि पार्टी स्थायी समिति रहेका पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाहमा राजनीतिमा फर्किएका पुनको जिम्मेवारी आज निर्धारण हुने माओवादीले जनाएको छ ।बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुँदैछ ।
माओवादी केन्द्रले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।