पूर्वजनसंख्यामन्त्री तथा काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

3.7k Shares

पौष १, काठमाडौं । काठमाण्डौं महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो ।

गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनको पार्थिव शरीर बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने छ । २०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

जनसंख्यामन्त्री समेत भएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनलाई गणेशमानको धर्मपुत्रको रुपमा पनि चिन्ने गरिन्छ । 

सम्बन्धित समाचार