सरकार नढल्ने सञ्चारमन्त्री गुरूङको दाबी

1.4k Shares

पुष १,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार तत्काल ढल्दैछ भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले उक्त दाबीलाई विरोधीले चलाएको हल्लाको संज्ञा दिएका छन् । उनले अहिलेको कांग्रेस–एमाले सहकार्य ०८४ सम्म कायम रहने दाबी गरेका छन् ।462578189_1326098851896745_1287130120309319603_n.jpg470052802_416618574750047_8202372241586906981_n.jpg

आज (सोमबार) मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । उनले सरकार गठन भएको दिनदेखि नै सरकार ढल्ने अफवाह चलाइएको भएपनि सरकारले आफ्नो अवधि पूरा गर्ने दाबी गरेका हुन् ।

सम्बन्धित समाचार