४ महिनापछि बस्यो लेखा समितिको बैठक, माओवादीले माग्यो पोखरेलको राजीनामा

2k Shares

पुष ८,काठमाडौं । गत भदौ ९ गतेदेखि स्थगित भएको संसद्को सार्वजनिक लेखा समितिको बैठक ४ महिनापछि बसेको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसिरहेको छ ।

४ महिनापछि बसेको बैठकमा नेकपा माओवादी केन्द्रका सासंदले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेलको राजीनामा मागेका हुन् ।उनले विगतका गलत अभ्यासलाई देखाएर त्यसलाई निरन्तरता दिन नहुने बताए । ‘त्यसैले समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।’उनले भने, ‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ । तपाईं आफैँ सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । 

 नेकपा ९एमाले० प्रमुख प्रतिपक्ष हुँदा एमाले सांसद पोखरेल सभापति भएका थिए । तर, पछि एमाले सत्तासीन बनेपछि पनि पोखरेल नै सभापति छन् । यसपछि माओवादी केन्द्रले उनको राजीनामा मागेको हो ।

सम्बन्धित समाचार