प्रभासको रेकर्ड ताेडयाे रामचरणको ‘गेम चेन्जर'ले, झन्डै २ सय कराेडकाे ओपनिङ

3.6k Shares

हैदाराबाद, २७ पुस । साउथ सुपरस्टार राम चरण र कियारा आडवाणीको बहुप्रतिक्षित फिल्म ‘गेम चेन्जर’ रिलिज भइसकेको छ । 

लामो प्रतिक्षापछि यो चलचित्र जनवरी १० मा सिनेमा हलमा रिलिज भएको हो । राजनीतिक नाटकलाई दर्शकले रुचाएका छन् र मिश्रित प्रतिक्रियाका बीच फिल्मले बक्स अफिसमा राम्रो सुरुवात पनि गरेको छ ।

सैकनिल्कको रिपोर्ट अनुसार ‘गेम चेन्जर’ ले भारतमा ५१.२५ करोड रुपैयाँमा खाता खोलेको थियो । अहिले फिल्मको विश्वव्यापी ओपनिङ कलेक्सन सार्वजनिक भएको छ । ‘गेम चेन्जर’ को प्रोडक्सन हाउस श्री वेंकटेश्वर क्रिएशन्सले फिल्मको पहिलो दिनको विश्वव्यापी संग्रह आफ्नो सामाजिक सञ्जालमा शेयर गरेर त्यो जानकारी दिएको हो ।

सम्बन्धित समाचार