राप्रपाको चियापान समारोहमा कमल थापापनि पुगे

1.9k Shares

२७ पुष, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज ९शनिबार० पृथ्वी जयन्तीको अवसरमा राप्रपाले चियापान समारोह आयोजना गरेको थियो ।

महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हारेपछि थापाले राप्रपा छाडेका थिए । राप्रपा छाडेर उनले राप्रपा नेपाल पार्टी गठन गरेका थिए । राप्रपा नेपालले पनि आज चियापान समारोह आयोजना गरेको थियो । राप्रपा नेपालले आयोजना गरेको चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । अन्य ठूला दलका नेताहरु कोहीपनि सहभागी भएका थिएनन् ।

 

अन्ततः थापा आफैं लिङ्देनले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका हुन् । पछिल्लो समय थापाले लिङ्देनसँग एकताको प्रस्ताव ल्याएका छन् । तर, लिङ्देनले वास्ता नगर्दा एकता अभियान अगाडि बढ्न सकेको छैन । लिङ्देनसँग बिग्रिएको सम्बन्ध सुधारका लागि पछिल्लो समय प्रयासरत छन् ।

सम्बन्धित समाचार