पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीबारे शेखरको टिप्पणी: विनासकाले विपरीत बुद्धि

2.1k Shares

काठमाडौं, १ चैत । सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउने तयारी गरेकोप्रति सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विरोध जनाएका छन्।सरकारको यस्तो तयारीलाई विनासकाले विपरीत बुद्धि भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मको प्रयास पूर्व विशिष्टलाई आजीवन सुविधा ।’

उनले ‘सरकारको विपरीत बुद्धि’ भनेका छन् । उनले यस्तो खालको विधेयक अगाडि नबढाउन र बरु विशिष्टहरुलाई प्रदान गरिँदै आएको सुविधा घटाउन सुझाव दिएका छन् ।

‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊँ,’ कोइरालाले सामाजिक सञ्जालमार्फत आफने धारणा सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार