प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

1.6k Shares

चैत ३, काठमाडौँ।  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । बमले शनिबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए । 

बमलाई चितवनबाट पक्राउ गरि मकवानपुर ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । बमलाई भरतपुर विमानस्थलबाट चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार