करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

2.6k Shares

चैत ५,काठमाडौँ । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना।१ ख १६५२ नम्बरको ट्रकबाट  करिब २५ करोड नगद सहित दुईजनालाई प्रहरीले  पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो।प्रहरीले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले  बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार