चैत ५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भोलि मधेश झर्ने भएका छन् ।
लामो समय स्थगित भएको ‘जनतासँग माओवादी’ अभियानलाई पुनः सुचारु गर्न दाहाल भोलि (बुधबार) सिमरा झर्ने भएका हुन् ।दाहालको सचिवालयले जनाएअनुसार रोकिएको अभियान अब बाराबाट पूनः सुरु हुने भएको हो ।
बुधबार सिमरा पुगेर प्रचण्डले अभियानको तयारी गर्नेछन् भने औपचारिक रूपमा अभियान चैत ७ गते बिहीबारदेखि सुरु हुने जनाइएको छ।
काठमाडौंमा राजावादीहरुको प्रदर्शनपछि माओवादी नेतृत्व काठमाडौंकेन्द्रित भएको थियो । प्रचण्डले संसद्मा समेत सम्बोधन गरिसकेका छन् । यस्तै, समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिनको लागि चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।