1.5k
Shares
चैत ५, काठमाडौँ ।पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ ।
फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै नेविसंघले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको हो ।
अहिले सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भइरहेको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, सङ्गठनका प्रतिनिधिहरु र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ । विवाद मिले पुन मतदान सुचारु हुने छ।